आज :

चोभार सुक्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रलाई दिन टेन्डर आह्‍वान

  • अनलाइन डबली

काठमाडौं। चोभार सुक्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रलाई दिन नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्‍वान गरेको छ। समितिले सोमबार उक्त चोभार सुक्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रलाई आगामी पाँच वर्षको लागि दिने गरी टेन्डर आह्वन गरेको हो।

आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीमार्फत चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गराउनको लागि कम्पनी छनोट गर्न लागिएको समितिले जनाएको छ।

यस टेन्डरमा आवेदन दिन इच्छुक कम्पनीहरुले ४५ दिनभित्र कागजात पेस गर्नुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति यही भदौ २२ गतेसम्म रहेको छ।

यस बोलपत्रमा भाग लिनको लागि आवश्यक योग्यता पोर्ट मेनेजमेन्ट/कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट/फ्रेट टर्मिनल मेनेजमेन्ट/वेयरहाउस/ट्रान्सपोर्टेसन/क्लियरिङ एण्ड फरवार्डिङ/फ्रेट फरवार्डिङमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने समितिले जनाएको छ। साथै, विगत ३ वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख बराबरको हुनु पर्ने प्रावधान राखिएको छ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal