
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा मंगलबार बिहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिंदा यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
निरन्तरको वर्षा भईरहेकाले पहिरो पन्छाउन मुश्किल भएको भएता पनि पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ ।
वर्षायाम सुरू भए यता यो सडकखण यस अघि पनि धेरै पटक अवरुद्ध हुदा यात्रुले सास्ती भोग्नु परेक छ ।