
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ । सरकार गठनमा सभामुखले हस्ताक्षर गरेको भन्दै नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।
सोमबार भएको सुनुवाइले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।
असार गत २१ असारमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सभामुख बाबुराम गौतमको समेत समर्थन गरेको भन्दै एमाले नेता हिक्कत कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको उक्त मुद्दामा सोमबारको सुनवाइले पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।