
काठमाडौं । सामाखुशी खोलामा बेपत्ता बालक आझै फेला परेका छैनन् । आइतबार साँझतिर स्कुलबाट फर्किएपछि सागन मगरलाई स्थानीय सामाखुसी खोलाले बगाएको थियो ।
प्रहरीका अनुसार भानुक्त माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मगर फुटसल खेल्न जाने क्रममा खोलामा खसेका थिए । त्यति बेला सामाखुशी खोलामा पानीको सतह खतराको चिन्ह पार गरेको थियो ।
भोजपुर स्थायी घर भएका बालको खोलामा खोसेको खबर प्रहरीलाई ढिला भएको बताइएको छ । राति अवेरसम्म खोजी कार्य गर्दा पनि बालक भेटिएका छैनन् ।
आज विहानैबाट उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेपनि यो समाचार तयार पार्दासम्म बालक फेला परेका छैनन् ।