
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता सांसद लेखनाथ दाहाल ‘राजन’ जनश्रमदानमा जुटेका छन् । राजनको नेतृत्वमा माओवादी नेताहरुले सिन्धुलीको मरिण गाउँपालिकामा रहेको महेसोता नदीबाट सिँचाई कुलो निर्माणको क्रममा श्रमदानमा जुटेका छन् ।
कुलो भत्किएपछि सिँचाई सुविधाबाट बञ्चित स्थानीयसहित माओवादी नेताहरु श्रमदानमा जुटेका हुन् ।
श्रमदानमा माओवादी केन्द्र, सिन्धुली जिल्ला संयोजक पानीराज बम्जन जिल्ला , वाइसिएल संयोजक किरण राज लामा, गोलन्जोर गाउँपालिका उपाअध्यक्ष पुकार न्याउपाने, अशोक लामा, टंक राई, सहिद तथा बेपता जिल्ला अध्यक्ष विनोद देवकोटा, मारिण गाउपालिका अध्यक्ष विर्शम मोक्तान, केन्दिय सदस्य सुनिता गिरीलगायतका नेता कार्यकर्ताहरु जुटेका छन् ।