काठमाडौँ । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम बदली रहने भएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका विभिन्न स्थानमा वर्षा हुनेछ । अहिले पनि देशका विभिन्न ठाउँहरुमा वर्षा भइरहेकाे छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।