आज :

बस्नेतले गृहमन्त्रीलाई भेटेर मागे माफी, गृहमन्त्रीको प्रतिष्ठा परेको असरमा दुःखी छु

  • अनलाइन डबली

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे आफ्नो अभिव्यक्ति गलत भएको बताएका छन् । बस्नेतले अवैध सुन प्रकरणबारे आफ्नो अभिव्यक्तिले गृहमन्त्री श्रेष्ठको प्रतिष्ठामा परेको असरप्रति दुःखी भएको बताए ।

शनिबार बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो समाचार स्रोत गलत भएको भन्दै गल्ती भएको महशुस गरेपछि उनीविरुद्ध दिएको उजुरी फिर्ता लिने तयारी भइरहेको छ । भेटमा बस्नेतले गल्ती महशुस गरेपछि साइबर ब्युरोमा दायर मुद्दा फिर्ता लिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
“नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु” भेटपछि बस्नेतले फेसबुकमा लेखेका छन् ।

त्यसैगरी भेटमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्येवद्दता जनाएको समेत बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal