आज :

भक्तपुर अस्पतालको स्पष्टीकरण: डा. गौतमलाई काज फिर्ताको पत्र आइपुगेको छैन, कुनैपनि सामाग्री र उपकरण खरिद गरिएको छैन

  • अनलाइन डबली

काठमाडौँ । भक्तपुर अस्पतालले मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको काज फिर्ताको पत्र आइनपुगेको बताएको छ । अस्पतालले शुक्रबार अनलाइन डबलीमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै खण्डन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १५ गते गरेको काज फिर्ताको पत्र अस्पतालमा आइनपुगेको र बागमती प्रदेश अस्पतालमा समेत नपुगेको पत्रमा उल्लेख छ । लोक सेवा परीक्षामा एक नम्बर निकाल्न सफल व्यक्तिले रोजेको ठाउँमा जान पाइने र कार्य अवधि दुई वर्षसम्म रहने सरकारको नियामानुसार नै डा. गौतम भक्तपुर अस्पतालमा हाजिरको चार महिनामै दुई पटक काज सरुवा भन्नु गलत भएको समेत उल्लेख छ ।

“डा. गौतम आएपछि यस अस्पतालमा भ्रष्टाचार, कमिसन शून्य बनाउन पहिलो पटक औषधि खरिददेखि सबै सामाग्रीमा ई.विडिङ लागू गरी देशैभरिबाट यसमा सहभागी हुन सक्ने गरी ईविडिङ लागु गरेपछि त्यसको समेत चलखेल गर्न नपाएको तत्वले यो समाचार लेख्न लगाएको आशंका पैदा भएको छ” खण्डनमा भनिएको छ ।

त्यसैगरी डा. गौतमविरुद्ध अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको नपरेको तर त्यसअघिका मेसुविरुद्ध परेका उजुरीमाथि छानविन भइरहेको अस्पतालले दाबी गरेको छ । त्यस्तै, डा. गौतम आउनु पहिले अस्पताल रिफर सेन्टरको रुपमा रहेको र अहिले गुणस्तरीय सेवा विस्तार गर्दै अहिले दैनिक ८ सयदेखि ११ सयसम्म बिरामीले सेवा दिइरहेको अस्पतालले दाबी गरेको छ ।

त्यसैगरी मेसु डा. गौतमले अर्को पत्र लेखेर समाचारको खण्डन गरेकी छन् । उनले समाचारमा भनिएजस्तो आफ्नो संलग्न नभएको समेत दाबी गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal