काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विमानस्थलबाट एक क्वीटल सुन जाँच पास गराउने सबै कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको ठाडो आदेशमा भन्सार विभागले जाँच पासमा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी गरेको छ ।
पाँच दिनसम्म भन्सारको गोदामा रहेको सुन सेटिङ मिलेपछि बुधबार साँझ जाँप पास गरी भन्सारबाट छुटाइएको थियो । राजश्व अनुसन्धान विभागबाट खटिएका विशेष टोलीले ट्याक्सीमा राख्दै गर्दा एक सय किलो सुन बरामद गरेको थियो ।
अहिलेसम्मकै धेरै सुन बरामद भएपछि कसरी जाँप भयो भन्ने प्रश्न उठेको छ ।
सुनको तौल र गुणस्तर जाँचको लागि नेपाल राष्ट्र बैंक पठाइएको छ । सुन तस्करीमा एक भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजीकार्य भइरहेको छ ।