आज :

“ द्यिमे मैचा ” को प्रथम चलचित्र बन्दै

  • पदम श्रेष्ठ

काठमाडौँ ।  ईन्दिरा लाछिमस्युले महिलाले बाजा छुनै हुन्न, भन्ने परम्परालाई चिर्दै “धिमे बाजा” बजाउन थालेर नेपालकै पहिलो धिमे बाजा बजाउने महिलाको
रूपमा चर्चित हुनुभयो ।
करिब २९ वर्ष अगाडि उहाँले धिमे बाजा बजाउन सिकेर टोलको जात्रा, पर्वमा बजाउँदा गाउँका बुढापाकाले महिलाले धिमे बजाएको के देख्नुपरेको यो ? भनेर टिप्पणी गर्थे । भक्तपुर नगरपालिका–५ आदर्शमा जन्मिनुभएका कलाकार लाछिमस्युको घरमा घिमे बाजाको प्रशिक्षण लिन छात्रहरू मात्र आउँथे । उहाँको हजुरबुवा रत्नलाल लाछिमस्यु र बुवा पञ्चलाल लाछीमस्यु दुबैजना धिमे बाजाका गुरू (प्रशिक्षक) नै हुन् भने विद्यार्थीहरूलाई अन्य गुरूहरू पनि आएर धिमे बाजा बजाउन सिकाउनुहुन्थ्यो । करिब११÷१२ वर्षको उमेरमा इन्दिरा लाछिमस्युलाईआफ्नो घरको कोठामा अन्य विद्यार्थीलाई बाजाको तालको बोल सिकाएको र बोल अनुसार धिमे बजाएको सुन्दा मैले नि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा जाग्यो। भित्री चाहनाअनुसार धिमे सिकाउने कोठाबाहिरै बसेर बाजाको तालको बोल कण्ठस्थपार्न थाल्नुभयो । उहाँले बुवालाई म पनि धिमे बजाउन सिक्छु भन्दा ,गुरूहरूलाई सोधेर जानु भन्नुभयो । त्यत्तिबेला उहाँको घरमा धिमे बाजाका गुरूहरूद्वय गणेशबहादुर सिह र जर्मन गुरू डा.गेडत वाग्नर आउनुहुन्थ्यो ।
जिज्ञासाका विच ईन्दिराले गुरू र प्रशिक्षार्थी युवाहरू आउनु अगाडि नै कोठाभित्र पसेर धिमे बजाउन थाल्छन् । उहाँले धिमे ठीक तालमा बजाइरहेको देखेर गुरू वाग्नर छक्क पर्नुहुन्छ र खुसी हुँदै ल तिमी पनि आजैदेखि सिक्नु भनेर हौसला दिएको कलाकार लाछीमस्यु स्मरण गर्नुहुन्छ । “उनले जत्तिबेला धिमे बाजा बजाउनसिके,त्यत्तिबेला सम्म पुरूषले मात्र बाजा बजाउँछन् भन्ने आम धारणा थियो, ६ महिनाको तालिमपछि टोलको विभिन्न देवताको मन्दिरमा गएर बाजा बजाउने पूजा प्रार्थना गरेर तालिम समापन गर्ने परम्परा अनुसार लाछिमस्यु पनि समुह बाजा बजाउँदै घुम्दा टोलभरीका मानिस भेला भएर हेरेका थिए ।” भिडमा कतिपय हजुरबा उमेरकाले महिलाले धिमे बजाएको हेर्नुहुन्न, यो केदेख्नुप¥यो भन्दै कुरा काटे, गाउँघरमा आफ्नो बारेमा टिका टिप्पणी गरेको देखेर भो, म बाजा बजाउदिन बुवा भनेर आफ्नो पितासँग दुःख पोख्दा
लाछिमस्युलाई तिमीले बाजा बजाउन छोड्ने होइन, अन्य दिदीबहिनीलाईपनि सिकाउनु, नयाँ काम गर्दा गाह्रो त हुन्छ तर तिमीले गलत गरेका छैनौ भन्दैबुवाले दिएको हौसलाले नै आफु नेपालको पहिलो धिमेबादक महिला बन्नसफल भएको द्यिमे मैचा चलचित्रको कथाबस्तु भएको छ । आफ्नो रहरलाई पछ्याउँदा र परिवारको सहयोगमा

उहाँको परिचय हाल “धिमे मैचा”को रूपमाथपिएको छ । लाछिमस्युले धिमे बाजाको साथै नौबाजा (करखीब,पास्टत,नायोखिँ, वखिं, नगरा, ढलक र धाँचा) पनिबजाउनुहुन्छ चलचित्रमा पनि बजाउनुहुन्छ ।

द्यिमे मैंचाको चलचित्रमा नायिका रोजिना सुवाल यी र यस्ता कलाकारहरुको प्रवद्र्धनमा आफु कृयाशील रहने ख्वतावजि निर्देशक तुलाधरले आफ्नो प्रतिवद्धता जनाउनुभयो । उहाँ भन्नुहुन्छ , म लगानीकर्ताकोलगानी फिर्ता हुने र कलाकारलाई पारिश्रमिक दिेने गरी “धिमे मैचा” जस्तै चलचित्रहरु बनाउँदै जाने लक्ष्यमा कृयाशिल छँु । हिजो हाम्रो पुस्ताले भाषा सेवाका नाउँमा जे जसरी दुःख पाए ,कलाकार हुनु भनेको झुमे्र लुटे हेर्दै डुव्ले भोलिन्टरी कर्म गर्ने वाला भन्ने मानसिकतालाई अबका पुस्तामा मेटाउँदै लानुपर्नेमा मेरो प्रयास रहने छ ।

द्यिमे मैचाको लागि हामीले अष्ट्रेलिया ,सिडनी ,जापान ,ईण्डिया ,वेल्जियम ,पोर्चुगल ,ईटली ,फ्रान्स ,अमेरिका ,क्यानाडा ,लण्डनका नेवार समुदायबाट लगानी गरी चलचित्र बनाउँदै छौं । सन्तानको बृत्ति विकासको लागि आमा बाबु लगायत परिवारको भुमिका कस्तो हुनुपर्छ भन्ने सन्देश सहित बन्न लागेको धिमे मैंचा इन्दिरा लाछिमस्युको भुमिकामा रोजिना सुवाल हुनुहुन्छ भने अन्य कलाकारहरुमा ख्याली जुजु मदनकृष्ण श्रेष्ठ , गणेशराम लाछि , रुपेन्द्र श्रेष्ठ ,देवचन्द्र वजाचार्य्र , रामराजा भामलगायतले कलाकारको भुमिका निभाउनु हुने छ ।
सास्कृतिक नगरी भक्तपुरलाई पुर्ण रुपले सुटिब स्पोर्ट बनाईएको धिमे मैचामातृभाषा नेपाल भाषामा बनाएतापनि नेपाली ,अबगेंजी र हिन्दीमा पनि डविब गरेर
प्रर्दशन गरिने तय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal