आज :

काँग्रेस केन्द्रीय समिति बैठकः संस्थापन पक्ष हावी, महामन्त्री थापा-शर्मा दवावमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बुधबारसम्म ४६ जनाले बोलेका छन् । मंगलबारदेखि सुरु भएको बैठकमा बुधबारबाट नेताहरुले धारणा राख्न सुरु गरेका हुन् ।

केन्द्रीय कार्यालयमा जारी बैठकमा बुधबार केन्द्रीय सदस्यहरु जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले बोलेका थिए ।

त्यसैगरी आमन्त्रित प्रदेश सभापति कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका थिए । अब कोशी प्रदेश सभापतिले बोल्न बाँकी छ ।

बोल्ने अधिकांश नेताहरुले संस्थापन पक्षमा बोलेका छन् । उनीहरुले पार्टीमा खराबी आएको भन्दै त्यसलाई मलजल इतर पक्षले गरिरहेको धारणा राखे । त्यस्तै सरकारले गरेका राम्रा कामहरु जनतासम्म लैजानुको साटो महामन्त्री गगन कुमार थापालगायतका नेताहरुले भ्रम सिर्जना हुने गरी बाेल्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

पहिलो पटक काँग्रेसले प्रत्यक्ष प्रसारण गरेको बैठकमा पूर्व महामन्त्री थापा र विश्वप्रकाश शर्मा डिफेन्सिभ देखिएका छन् । बोल्ने धेरै नेताहरुले थापालाई घोचपेच समेत गरेका छन् । पत्यक्ष प्रसारण गर्ने सभापति शेरबहादुर देउवाको कदमलाई अधिकांशले प्रसंशा गरेका छन् ।

महामन्त्री थापाले पार्टी बैठकमा एउटा र बाहिर अर्को बोली बोल्ने गरेकाे आरोप लागेको थियो । यो बैठकले थापालाई निकै दवावमा पारेको छ ।

बैठकमा महामन्त्री शर्माले कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी  गराएका  थिए ।

त्यही वरिपरी नेताहरुले आफ्ना धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal