आज :

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा आफै सहभागी हुन्छः प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा आफै सहभागी हुने बताएका छन् । यो आयोजना हरहालतमा पनि निर्माण गरेरै छाड्ने प्रधानमन्त्रीले प्रतिवद्धता समेत जनाए ।

गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री भने, “आयोजनाको काम अब रोकिँदैन, हरहातलमा पनि अगाडि बढ्छ । निर्माण प्रक्रियामा म आफैँ आउँछु, अब छिटै त्यो दिन आउछ” प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले आयोजना अगाडि बढाउने विषयमा सबै मन्त्रालयका मन्त्रीहरूसँग बैठक गरेको समेत जानकारी दिए ।

गोरखा र धादिङमा पर्ने यो आयोजना सरकारले आफै बनाउन लागेको हो । कार्यालय उद्घाटनको क्रममा प्रधानमन्त्रीले निर्वाचनका बेला बुढीगण्डकी आयोजना अघि बढाउने बाचा गरेको समेत स्मरण पनि गरे । आयोजना नबन्ने हो कि भन्ने चिन्ता बढेको आफूलाई पनि जानकारी भएको बताउँदै प्रधानमन्त्रीले आयोजना निर्माणको काम अगाडि बढिसकेको बताए ।

प्रधानमन्त्रीले आयोजनाले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । आयोजना त्यति सहज र नाफामूलक नभएपनि बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढ्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारको मुख्य लक्ष्य नै देशभित्रै बिजुलीको खपत गर्ने योजना रहेको बताए । उनले विकास प्राधिकरण बनाउने विषयमा आफ्नो विमती नभएपनि थप ४ वर्ष लाग्ने भएकोले कम्पनीमार्फत नै आयोजना बढ्ने जानकारी समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal