आज :

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत, कम्पनी दर्ता र पुँजी वृद्धि गर्न छुट

  • अनलाइन डबली

काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टोकिङ मुभमेण्टमा सहभागी हुन इटली जाने भएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्रीसहित रहनेछन् । सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal