आज :

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजपनि, यस्ता छन् एजेण्डा  

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । मंगलबारबाट काठमाडौंमा सुरु भएको बैठक विहान ११ बजेबाट सुरु हुने नेताहरुले बताएका छन् । पहिलो दिनको बैठक स्थगित गर्दै सभापति शेरबहादुर देउवाले आजको बै ठकबारे जानकारी गराएका थिए ।

हिजो दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए ।

यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा राखेका थिए ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् ।आजको बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि विस्तृत छलफल नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । प्रत्यक्ष प्रसारण गर्ने सभापति देउवाको प्रस्तावमा नेताहरुले सहमति जनाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal