आज :

‘महेश्वर श्रेष्ठलाई बागमती प्रदेशले चिन्दैन’

  • अनलाइन डबली

काठमाडौँ । बामगती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाले स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठलाई कानुनी रुपमा आफूहरुले नचिन्ने बताएका छन् ।

निरौलाले अनलाइन डबलीसँग कुरा गर्दै श्रेष्ठको दरबन्दी लुम्बिनी प्रदेश भएको तर संघीय मन्त्रालयले काजमा निर्देशनालयमा पठाएकोले बागमती प्रदेशले नचिन्ने बताए ।

“महेश्वरजीलाई वैधानिक रुपमा बागमती प्रदेशले चिन्दैन । उहाँका काज फिर्ता गर्ने वा नगर्ने भन्ने संघीय मन्त्रालयको विषयमा हो” निरौलाले भने । आफू प्रमुख सचिव हुनुभन्दा पहिले नै श्रेष्ठले निर्देनालयमा आएको बताउँदै निरौलाले लुम्बिनी प्रदेशमा दरबन्दी भएको कुरा पछि जानकारी पाएको बताए ।

संघीय मन्त्रालयले भक्तपुर अस्पताका मेसु डा. सुमित्रा गौतमलाई काज फिर्ता भनिसकेको र श्रेष्ठलाई पनि त्यस्तै निर्णय आवश्यक भएको बताए । त्यस्तो निर्णय आफूहरुलाई जानकारी आए श्रेष्ठको काज फिर्ता गर्ने सहयोग गर्ने बताए ।

प्रमुख सचिव निरौलाले स्वास्थ्य तथा जनसंख्य मन्त्रलायले काज फिर्ताबारे गरेको निर्णयअनुसार आफूहरुले आज (मंगलबार) छलफल गरेको जानकारी दिए । उनले पत्राचार गरिसकेको पनि बताए ।

प्रमुख सचिवले नै श्रेष्ठलाई बागमती प्रदेशले निचिन्ने भनेपछि उनले अहिलेसम्म गरेको कामहरुमाथि कानुनी प्रश्न उठेको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दिपक तिवारीले काज फिर्ताबारे मुख्यमन्त्रीको कार्यालयले पत्राचार गरेको आफूले जानकारी पाएको बताए ।

“आज सचिवहरुको बैठकमा प्रमुख सचिवज्यूले काज फिर्ताबारे पत्राचार गरिसकेको जानकारी दिनुभएको थियो । भोलि पत्र ल्याउछु र पत्रको व्यहोरा अनुसार अगाडि बढ्छु” तिवारीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal