आज :

जेष्ट नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता लिन घन्टौ लाइनको कष्ट ,बैंन्किंग प्रणाली छैन सहज

  • अनलाइन डबली

                                                     फोटो – सुदर्शन 

काठमाडौँ ।  ललितपुर महानगरले मध्य असारमा ‘महानगरसँग जेष्ठ नागरिक’ कार्यक्रमको घोषणा गर्दै गर्दा कैयन जेष्ठ नागरिकहरुको आँखा भने अर्कै कारण रसाएको देखिएको छ ।

एकातिर महानगरको नेपाल हृदय रोग निवारण र नेपाल नेत्र ज्योति संघको सहकार्यमा ‘घरघरमै जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण’ लगायत आधारभूत औषधि निशुल्क पाउने कुरा नगरवासीहरुकालागि आसलाग्दो देखिएको छ । अर्कातिर भने नगरका केही वडास्तरमा यस आर्थिक वर्षमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्तामा सहज पहुँच नपुगेको गुनासाहरु पनि बाहिरिएका छन । कतै मिल्दाजुल्दा नाममा भएका निकासाको र मृत्यु दर्ता अभिलेखिकरणमा देखिएका समस्या निवारणमा ढिलाइ, कतै नविकरणका सवालमा छुट भएकाहरुको त आफ्ना नाममा रहेको वर्षदिनकै भत्ता सुविधा पनि बञ्चित हुने अवस्था पाइएको छ ।

नेपालमा सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार सुविधा प्राप्त गरेका जेष्ठ नागरिकहरुले प्रत्येक वर्षको भदौ मसान्तभित्र आफै वा नियमानुसारका संरक्षक उपस्थित गराई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्नुपर्छ । यसरी नविकरण भएकाहरुलाई बैंन्किंग प्रणालीमार्फत कमसेकम चौमासिक रुपमा बितरण गरिएको सामाजिक सुरक्षा भत्ताको विवरण चौमासिक र वार्षिक रुपमा सम्बन्धित वडाले व्यवस्थित गरि अभिलेखीकरण गर्ने प्रमुख दायित्व रहन्छ । यसरी अद्यावधिक गरिएका अभिलेखहरु स्थानिय तह मार्फत सम्बन्धित बिभागमा पठाउनुकासाथै बिद्युतीय प्रणालीमा समेत प्रविष्ट गर्नुपर्ने प्रावधान रहेको छ । प्रति महिना बाह्र हजार रुपैयाका दरले ढिलोमा चौमासिक रुपमा प्राप्त हुने उक्त रकम सम्बन्धित जेष्ठ नागरिकका नाममा नियमानुसार तोकिएको बैंकमा जम्मा हुने प्रावधान छ । तर कतिपय वडामा भने स्थानियका सामाजिक, स्वास्थ्य अवस्थाका कारण देखाई जनप्रतिनिधिहरुनै घरघरमा पुगेर उक्त भत्ता बितरण गर्ने प्रचलन पनि देखिएको थियो ।

तर यस वर्ष भने कतिपयले सामाजिक सुरक्षा भत्ता नपाउनुको कारण नविकरण नभएको जानकारी अति ढीला पाउनु, आफ्नो परिचयपत्र नविकरण भएका मध्येले समेत यस वर्षभरिको प्रतिव्यक्ति हुन आउने ३६ हजार रुपैया समेत माया मार्न भनिएकोमा आपत्ति जनाएका छन । चौमासिक रुपमा अभिलेख अद्यावधिक गरि कम्प्यूटरमा ईन्ट्रीमा छुटको कारण देखाई चैत्रमा प्राप्त वडाको पत्रलाई आधार गरि महानगरको पञ्जीकरण शाखाबाट तत्कालै सम्बन्धित बिभागमा पत्राचार भएको शाखा अधिकृतले जनाएका छन । आर्थिक वर्षको अन्त भईसक्दा पनि यस्तो अवस्था देखिनुका कारण ललितपुर महानगरपालिकाले हालै घोषणा गरेको ‘महानगरसँग जेष्ठ नागरिक’ कार्यक्रम प्रभावकारी बनाउन उक्त सो सेवा प्रवाहका आधार र अनुगमनलाई समेत ध्यानमा राखी सामाजिक सुरक्षा भत्ता सम्बन्धि ब्यापक सचेतना कार्यक्रम ल्याउनुपर्ने महानगरका सम्बन्धित वडाहरुका सचेत नागरिकले जोड दिएका छन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal