आज :

फोहर बोकेका गाडी ल्याडफिल्ड साइट बञ्चरेडाँडामा जान रोक्यो

  • अनलाइन डबली

काठमाडौँ ।काठमाण्डौ उपत्यकाको फोहर बोकेका गाडी स्थानीयले अवरोध गरेपछि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् ।  नुवाकोटको ककनी र धादिङको धुनीबेसीको सिमानामा रहेको बन्चरेका स्थानीयबासिन्दाले बिगतमा सरकार संग गरेको सम्झौता कार्यान्वयन नभए पछी उनीहरुले काठमाण्डौबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान बात रोकेका हुन्  हुन् ।

स्थानीय बासिन्दाले हिजो सोमबार देखि काठमाण्डौबात फोहर लिएर गएका गाडी बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो ।

काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन नभएको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

माग पूरा नभएसम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको अडान कायम रहने  वडाअध्यक्ष बजगाईँको भनाइ रहेको छ ।

वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर फोहरबाट प्रभावित बस्तीलाई व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको जनप्रतिनिधिले बताएका छन् । तर स्थानीय बासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम शुरु भएको र अरु मागका विषयमा पनि छलफल भइरहेको काठमाण्डौ महानगरका सहप्रवक्ता दिपक अधिकारीले बताउनुभएको छ ।

हाल  दैनिक पालिकाको तथा निजि गरि  एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा ब्यबस्थापन गरिदै आएको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal