आज :

जि-२० बैठक: नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । जी–२० बैठकका क्रममा सोमवार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । जी–२० को बैठक भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको छ ।

भेटमा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । नेपाल र चीनको चासो र सरोकारप्रति तथा संवेदनशीलता बारेमा समान धारणा रहेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, अर्थमन्त्री डा. महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त समेत गरे ।

भेटमा सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि २ देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी मन्त्री महतले नेपाल र चीनबीच महत्त्वपूर्ण सीमानाकाबाट २ देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal