आज :

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख रकम भुक्तानी गर्यो

  • अनलाइन डबली

काठमाडौँ  । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबढि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत मिति २०८० आषाढ ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा रु ८३,० ९ , ४४,२८१ ( अक्षरेपी त्रियासी करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र ) रकम भुक्तानी गरेको छ । यस अघि निगमले २०७ ९ साल आषाढ देखि चैत्र सम्ममा २ अर्ब ९ ४ करोड २८ लाख ६५ हजार आठ सय चौवालिस रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निगमले  व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा बिगत वर्षमा भन्दा सुधार हुदै गएको जनाएको छ । निगमले नियमित तथा आकस्मिक ( Bird Hit and other Technical ) रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दे आइरहेको जानकारी गराएको छ । यसैगरी निगमले यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्र ( STOL ) मा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसंग खरीद गर्ने कार्ययोजना समेत तिब्र गतिमा अघि बढाइएको अवगत गराएको छ । निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने , पर्यटन प्रबर्द्धन हुने , निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको निगमको भनाइ  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal