
सुर्खेत । आज साउन साउने संक्रान्ति अर्थात देउडा पर्व । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।
देउडा पर्वको अबसरमा साविकको कर्णालीका जिल्ला र सुर्खेतमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको देउडामार्फत बेथिति, विकृति र शारीरिक विकारमुक्त हुने सन्देश फैलाउन कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
कर्णाली देउडा समाजको अगुवाईमा नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे देउडा खेल्ने तयारी भइरहहेको छ ।
वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ ।