आज :

पुटिनको चेतावनी- युक्रेनले अमेरिकी क्लस्टर बम प्रयोग गरे त्यसको जवाफ हतियार हामीसँग पनि छन्

  • अनलाइन डबली

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले अमेरिकाले दिएको क्लस्टर बम प्रयोग गरे त्यसको जवाफ दिने हतियार आफ्नो देशसँग पनि रहेको चेतावनी दिएका छन् ।

अमेरिकाले युक्रेनलाई प्रतिबन्धीत क्लस्टर बमसहितका घातक हतियार दिएको थियो । क्लस्टर बमबारे पुटिनले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् । एक अन्तरवार्ताको क्रममा पुटिनले भने, “रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ, यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौँ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ ।”

क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विस्फोट नभइ त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गमभीर जोखिम निम्त्याउने भन्दै विश्वभर विरोध भइरहेको छ ।

यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने अमेरिकी निर्णयको पनि भत्र्सना गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने कठिन निर्णय आफूबाट भएको बताएका छन् । युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको बाइडनले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal