काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघले आइतबार देशभर स्थापना दिवस समेत मनाएको छ ।
आजै केन्द्रीय कार्यालय प्रवेश समारोह पनि गरेको छ । एक विशेष समारोहमा नेकपा (माओवादी केन्द्र) को सचिव लिलामणी पोखरेलले रिबन काटेसँगै केन्द्रीय कार्यालयमा संगठनको औपचारिक कामकाज पनि सुरु गरेको छ । महासंघले आजबा काठमाडौँको महाराजगंजमा नयाँ केन्द्रीय कार्यालयबाट औपचारिक रुपमा काम सुरु गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष खिमलाल भण्डारीले स्वाधिन अर्थतन्त्र निर्माणको लागि उत्पादन बढाउने आफूहरुको उद्देश्य रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने नीतिहरु परितर्वन गर्न सरकारसँग आग्रह गरे ।
- फोटोः धनञ्जय बुढा