आज :

राय दिने न्यायाधीशलाई उन्मुक्ति पूर्ण टिप्पणी उठाउने तत्कालीन अधिकृत पक्राउ

  • अनलाइन डबली

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानून विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा टिप्पणी उठाउने तत्कालीन अधिकृत एवं हालका सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको छ।

हालका न्यायाधीश गौतमले २०६६ चैत २९ गते मन्त्रिपरिषद बैठकको निर्णयलाई कार्यान्वयन गर्ने सवालमा दिएको रायलाई आधार मानेर टिप्पणी उठाउने राउतलाई भने प्रहरीले पक्राउ गरेको हो।

मन्त्रिपरिषदमा लैजाने क्रममा ‘प्रस्ताव कानूनबमोजिम उपयुक्त छ’ भनी तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयमा कानुन उपसचिव गौतमले २०६६ चैत १९ गते राय तयार पारेपछि मात्रै मन्त्रिपरिषदबाट सो निर्णय भएको पाइन्छ।

स्रोतले जनाएअनुसार उनको रायसहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि मात्र त्यसैका आधारमा प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको तथा व्यक्ति र मोहीको पनि जग्गा परेको भनी ललिता निवासको सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी हुन थालेको थियो।

गौतमलाई भने सर्वोच्चबाटै उन्मुक्ति दिइएको छ। उनकै रायका आधारमा टिप्पणी लेख्ने र सदर गर्नेहरू भने पक्राउ परिरहेका छन्।

 आजको नागरिक दैनिकमा यो समाचार  प्रकाशित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal