आज :

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

  • अनलाइन डबली

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौँको कलंकीबाट शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका ३ घर भइ हाल काठमाडौँको स्वयम्भू ठूलोभर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भइ ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्धबहादुर वाइबालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍इकाइबाट खटिएको टोलीले शंकास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकलसहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्ध बहादुर वाईबाबाट लिएको भन्ने खुलेपछी वाईबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्‍वर नगरपालिका २ घर भइ हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङस्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधबार चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूनै संलग्न रहेको खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

योसँगै आर्थिक वर्ष २०७९/८० मा चोरीका ३४ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal