आज :

संवाद डबली उपाध्यक्ष देवकी तिमल्सिना नेपाल सरकारबाट सम्मानित

  • अनलाइन डबली

काठमाडौं । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संवाद डबलीकी उपाध्यक्ष देवकी तिमल्सिना(समिक्षा) भाषा एवम सहित्य विधातर्फ कर्णाली प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार–२०७९ द्वारा सम्मानित गरेको छ । शुक्रबार मन्त्रालयले राजधानीमा समर्पण कार्यक्रमको आयोजना गरेर विभिन्न नौ वटा विधामा सातवटै प्रदेशबाट तिमल्सिनासहित ४७ जनालाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सुदन किरातीले सम्मान तथा कदर पत्रसहित नगदले श्रष्ठा तथा सर्जकहरुलाई सम्मानित गरेका थिए । विगत लामो समयदेखि भाषा तथा साहित्यको क्षेत्रमा समर्पित रही योगदान पुर्याएकी डबली उपाध्यक्ष तिमल्सिना हुम्ला जिल्ला सर्केगाड ८ रादेउकी स्थायी बासिन्दा हुन् । सम्मानित तिमल्सिनाले सरकारले सम्मानको योग्य ठानेकोमा धन्यबाद दिदै थप जिम्मेवारीको बोध भएको बताइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal