आज :

आज भानु जयन्ती, गण्डकी सरकारले सार्वजनिक बिदा दियो

  • अनलाइन डबली

काठमाडौं । आज भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भानु जयन्तीको अवसरमा आज प्रभातफेरि, प्रवचन, पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

आदिकवि भानुभक्त आचार्य तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका थिए । उनको वि. सं. १९२५ असोज ६ गते निधन भएको थियो । यो नगरपालिकाको नाम पनि उनकै नामबाट राखिएको हो ।

भानु जयन्तीको अबसरमा गण्डकी प्रदेश सरकारले यही अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा शुक्रवार बिदा दिइएको छ ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई प्रकाशन गर्न मोतिराम भट्टले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal