काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्दै छ । बुधबार स्थगित भएको राष्ट्रियसभाको बैठक आज बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।