आज :

सिता दाहालको अन्तिम बिदाईमा मानव सागर (फोटोहरु)

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको अन्तिम संस्कार गरिएको छ । राष्ट्रिय सम्मानसहित पशुपतिनाथ आर्यघाटमा सिताको अन्तिम संस्कार गरिएको हो । सो अबसरमा नेपाली सेनाले सलामी दिएको थियो ।

सिताको पार्थिव शरीरमा प्रचण्ड र छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका थिए ।
सिताको अन्तिम बिदाईमा राजनीतिक दलका शिर्ष नेताहरु, पार्टीका नेता कार्यकर्तासँगै समर्थक शुभचिन्तकको ठूलो भिड लागेको थियो ।

अन्तिम संस्कारमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु, सरकारका उच्च अधिकारीहरुले अन्तिम संस्कारको लागि पशुपति आर्यघाट पुगेका थिए ।

६९ वर्षीय सिताको मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal