
काठमाडौँ। सिता दाहालको पार्थिक शरीर श्रद्धाञ्जलीको लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
नर्भिक अस्तालबाट नेता कार्यकर्ता, समर्थक तथा शुभचिन्तकले श्रद्धाञ्जली दिन सजिलोको लागि पार्टी मुख्यालयमा पार्थिक शरीर राखिएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको आज विहान उपचारको क्रममा नर्भिक अस्पतालमा ८ः३३ मा निधन भएको थियो । ६९ बर्षीय सितालाई स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि विहान ८ बजे अस्पताल लगिएको थियो ।
माओवादी केन्द्रकी केन्द्रीय सल्लाहाकार समेत रहेकी सिताको पार्थिक शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।