आज :

सिता दाहालको निधनः समाजवादी मोर्चा र काँग्रेस बैठक स्थगित

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधनका कारण नेपाली काँग्रेस र समाजवादी मोर्चाको बैठक स्थगित भएका छन् । काँग्रेसको केन्द्रीय समिति दिउँसो १ बस्ने तयारी रहेको थियो ।

प्रधानमन्त्री पत्नी सिताको श्रद्धाञ्जली र समवेदनमा दिन नेताहरु ब्यस्त हुने भएकोले आजको बैठक स्थगित गरिएको नेताहरुले जनाएका छन् ।
काँग्रेसको केन्द्रीय समिति अब साउन २ गते बस्ने भएको छ ।

त्यसैगरी समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । मोर्चाले आजे ४ बजे बैठक आह्वान गरेको थियो । मोर्चाका मुख्य नेता प्रचण्डलाई पत्नी शोक र नेताहरु समवेदना र श्रद्धाञ्जली कार्यक्रममा ब्यस्त रहने भएकोले आजको बैठक स्थगित गरिएको हो ।

अर्को बैठक कहिले बस्ने भन्ने पनि अहिले टुंगो लागेको छैन । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डाका अनुसार प्रचण्डसँगको परामर्शमा अर्को बैठकमा मिति तय गरिनेछ ।

त्यस्तै, आजलाई बोलाइएको राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ ।

लामो समयदेखि स्वास्थ्यमा गम्भीर समस्याका कारण सिता थला परेकी थिइन् । एकाएक आज स्वास्थ्यमा समस्या पैदा भएपछि बिहान ८ बजे अस्पताल लगिएको थियो ।

अस्पतालले ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको थियो । सिताको आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal