
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३३ बजे सिताको निधन भएको थियो ।
अस्पतालले ‘कार्डियक अरेष्ट’ कारण निधन भएको बताएका छ । आजै विहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले जनाएको छ ।
६९ वर्षीया सिता लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।
प्रधानमन्त्रीको सचिवालयले सिताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको जनाएको छ । त्यो भन्दा पहिले सिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।