आज :

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिकमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

बुधबार बिहान उनको अक्सिजनको लेवल घटेपछि प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए। प्रारम्भिक जाँचपछि उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेका चिकित्सकले बताएका थिए।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै  ८ः३३ बजे   उनकाे निधनकाे पुष्टि गरेकाे हाे। अस्पतालका अनुसार उनकाे निधन हृदयघातका कारण भएकाे हाे। बिहान आठ बजे हृदयघात भएकाे र उपचारकाे क्रममा निधन भएकाे प्रधानमन्त्रीको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिए ।

सीता दाहाल लामाे समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन्।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal