
काठमाडौँ ।बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई मालपोत कार्यालयका पूर्व कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्र रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरेको आरोपमा उनीहरू आज काठमाडौँ बात पक्राउ परेका हुन् ।
सरकारी जग्गा व्यक्तिको नाउमा नामसारी गर्ने यो प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पक्राउ पर्नेको सङ्ख्या १४ जना पुगेको छ ।