आज :

भारतले धौलीगंगा बाँधबाट कति क्युसेक पानी खोल्ने बताएन, नेपालतर्फ क्षतिको सम्भावना 

  • अनलाइन डबली

काठमाडौं । भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोलेको छ । विहानदेखि राति ८ बजेसम्म बाँधको ढाेका खोल्ने सूचना जारी गरिएको छ । स्थानीय प्रशासनले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसपटक भारतले पूर्वसूचना दिएपनि कति क्यूसेक पानी नदीमा छोड्ने हो भन्नेबारे भारतले बताएको छैन । वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेको बेला बाँधका ढोका खोल्दै नेपालतर्फ क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । नदीमा पानीको सतह कति बढ्छ भन्ने कुरै नै थाहा नभएकोले स्थानीय अन्यौलमा छन् । कति पानी छोड्ने हो भन्ने पूर्व जानकारी‍ नदिएका कारण नेपालतर्फ क्षति हुन सक्ने स्थानीयहरु बताउँछन् ।

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको उक्त बाँधको ढोका आज १५ घण्टाका लागि खोल्न लागिएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरिसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका अहिले बिहानदेखि आज राति ८ बजेसम्म खुल्नेछन् । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।

बाँध खोलिएपछि दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न छ । सीमा क्षेत्रका नेपाली भूमी जोखिमा परेका छन् ।

२०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो । संवाद डबलीले उक्त कुराको सार्वजनिक गरेपछि सरकारले अध्ययन टोली खटाएको थियो । उक्त टोलीको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।

  • फाइल फोटो

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal