
काठमाडौँ । तीन दलबीच संसद्को अवरोध खुलाउने सहमति भएको छ । सिंहदरबारमा शिर्ष नेताहरुबीच भएको छलफल पछि संसदको अवरोध खुलाउने सहमति भएको हो ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
एमालेले प्रधानमन्त्रीको राजिनामा माग्दै संसद अवरोध गर्दै आइरहेको थियो । एमाले आफ्नो अडानबाट पछि हटेसँगै संसद खुल्ने सहमति भएको नेताहरुले बताएका छन् ।
तीन शिर्ष नेताबीच के सहमति भयो भन्ने कुरा सार्वजनिक भइनसकेपनि संसदको अवरोध खुलाउने र प्रधानमन्त्रीले सम्बोधन गर्ने सहमति भएको छ ।
प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ ।
यसैबीच एमालेले संसदीय दलका बैठक बोलाएको छ ।