
काठमाडौँ । प्रभु बैंक लिमिटेडले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई शुलभ बित्तीय कर्जा उपलब्ध गराउने भएको छ । बैंकले र हेफर इन्टरनेशनल नेपालबीच २०७९ श्रावण ५ गते भएको सम्झौताअनुरुप सहुलियतपूर्ण ऋण प्रदान गरेका हो ।
नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को सहकार्यमा प्रभु बैंकले किसानहरूलाई एक कार्यक्रमबीच सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।
जिल्लाको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालज्युले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट रु ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरीएको छ ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठूलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे ।
उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरी स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य ब्यावसायीक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्नेछ ।
हेफरले ४४ जिल्लाका करिव चार लाख पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरुमार्फत वित्तिय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ ।
समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० ब्त्ः सहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १ हजार ५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।