
काठमाडौँ । कोशी प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली काँग्रेसबाट एक मन्त्री नियुक्त गरेका हुन् ।
माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री नियुक्त भएका छन् भने काँग्रेसबाट रामकुमार खत्रीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने खत्री र कार्कीलाई विना विभागीय बनाइएको छ ।
यसअघि शुक्रवार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टी जाहेर गरेको छ ।