आज :

साधारणसभामा लफडै–लफडा, मनमोहन भ्रष्टाचारको अखडा

  • बिशाल गौतम

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको साधारणसभामा सञ्चालक समितिले भ्रष्टाचार गरेको भनेर सेयर सदस्यहरुले सञ्चालकहरुको भण्डाफोर गरेका छन् । शनिबार राजधानीको लैनचौर बेङ्क्वेटमा भएको साधारणसभामा नाफामा गइसकेको मनोमोहन मेमोरियल अस्पतालमा पनि भ्रष्टाचार गरेर घाटामा पुर्याएको आरोप लगाएका छन् ।

१७ वर्षसम्म सेयरसदस्यहरुलाई बोनस दिनुको सट्टा संस्था घाटामा देखाएर भ्रष्टाचारलाई वैधानिकता दिएको आरोप लगाउँदै, अनियमितताको छानविनको लागि बनेको समितिले प्रतिवेदन नबुझाएसम्म सभा चल्न नदिने अडान लिएर साधारण सभालाई अबरोध गरेका छन् ।
विहानबाट सुरुभएको सो साधारण सभामा उपस्थित सेयर सदस्यहरुलाई सञ्चालकहरुको मिलेमतोमा गरिएको अनियमितताको १८ बुँदे आरोपपत्र बाँड्ने क्रममा हातपातको प्रयास भएको थियो । त्यसपछि प्रहरीको उपस्थितिमा सभालईं सुचारु गरिएको थियो । असार ९ गते भएको साधारणसभाले भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न समिति गठन गरेपनि उसले प्रतिवेदन नल्याएको असन्तुष्ट पक्षको आरोप छ ।


असन्तुष्टहरुको पक्षबाट टेकबहादुर बमले साधारण सभामा झाण्डै एक घण्टा बोल्दै सञ्चालकहरुले अधिकारको दुरुपयोग गरेर व्यापक भ्रष्टाचार गरेको विषयमा भण्डाफोर गरेका थिए । सञ्चालकले समयको पावन्दी लगाउन खोज्दा फ्लोरबाट सेयर सदस्यहरुले बोल्न पाउनुपर्ने भन्दै समर्थनमा चर्को नाराबाजी गरेका थिए । सहकारी ऐन,नियम तथा प्रचलित कानुनको उल्लङघन् गरी सञ्चालकहरुले अरबौंको जग्गा बेचविखन गरेको, सहकारीको करोडौंको रकमलाई नियम विपरित व्यक्तिगत कम्पनि खोलेको, अत्याधिक सेवासुविधा लिएको लगायतका गम्भिर आरोपहरु लागाइरहँदा सञ्चालकहरु मुखदर्शक भएका थिए ।

सेयर सदस्यहरु नवराज बस्नेत, होमनाथ पोख्रेल, लक्ष्मि राई लगायतले मनमोहन अधिकारी जस्तो गरिमामय व्यक्तिको नामबाट स्थपित संस्थालाई भ्रष्टाचारको अखडा बनाएकोले छानविन गरेर दोषिलाई हदैसम्मको कारबाही गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal