आज :

सरकार ढल्ने कुनै सम्भावना छैनः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन् “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।”

संसद बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरिन् । उनले जसरी पनि मिटर ब्याज पीडितलाई न्याय दिएरै छोड्ने समेत प्रतिवद्धता जाहेर गरिन् ।

“प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारेपनि मिटर व्याज पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छ । विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौं” मन्त्री शर्माले भनिन् । उनले सरकार आफ्ना काममा अगाडि बढ्ने बताइन् ।

सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कठाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले भनिन् । उनले सरकारका कदमबाट कसैको टाउको दुखेको समेत बताइन् । “सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाईका साथ प्रस्तुत भएको छ ।

नागरिकताविहीनहरुले नागरिकता पाइरहेका छन् । निजामति सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ” मन्त्री शर्माले भनिन् ।

संचारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहिँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal