आज :

‘सरकारले भ्रष्टाचारका फाइल खोलेपछि एमाले छटपटायो’ 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले असार १८ गते पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर नेकपा  एमालेले देखाएको व्यवहार कुत्सित चाहाना पुरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्ष दलले भ्रामक, आपत्तिजनक, दुराशययुक्त प्रचारबाजी गरेको बताएका छन् ।

महराले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरूमा कानुन बनाउन खोज्दा संसद् अवरोध गरेको कुरा जनताले नर्विसिएको समेत बताएका छन् ।

भ्रष्टाचारीहरूको छानबिन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनैतिक उपलब्धिहरू माथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझेको प्रवक्ता महराले दाबी गरे ।

प्रवक्ता महराले माओवादीले भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतहरुप्रति घोर भर्त्सना गर्दै राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

‘जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ का बीचमा औपचारिक मात्र होइन, भावनात्मक रूपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भैसकेको छ’, महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही पृष्ठभूमिमा सरदार प्रितम सिंहबाट आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र त्यसको लागि उहाँले सक्दो योगदान गरेको यथार्थता प्रकट गर्ने सम्माननीय प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्ष दलको कुत्सित चाहना पुरा गर्ने अभिष्टता बाहेक केही होइन’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारले भ्रष्टाचारीका फाइल खोजेका कारण एमाले छटपटाएको भन्दै मिटरब्याज पीडितलाई न्याय दिने कार्यमा अवरोध नगर्न एमालेलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal