आज :

कोशी प्रदेशमा गठबन्धनलाई बहुमत, आज मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि नेकपा माओवादी कन्द्र, नेपाली काँग्रेससहितको गठबन्धनलाई बहुमत पुगेको छ । सुविधाजनक बहुमतको लागि राप्रपालाई पनि गठबन्धनमा सहभागी गराउन गरिएको प्रयास सफल हुन नसकेपछि आज गठबन्धनले दाबी पेश गर्ने तयारी गरेको छ ।

गठबन्धन दलहरुमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । उनीहरुसँग सभामुखसहित ४७ सांसद मात्रै छन् ।

संसदमा बराबरी संख्या भए सभामुखले भोट गर्ने अधिकारी संविधानले दिएको छ । कोशीमा नेकपा एमाले एक्लैसँग ४० सांसद छन् । राप्रपाका ६ जोड्दा ४६ पुग्छ । यता गठबन्धनसँग पनि ४६ सांसद रहेका छन् । एमालेसँग गठबन्धन हुँदा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बनाइएको थियो ।

गठबन्धनमा काँग्रेस २९, माओवादी केन्द्र १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी) ४ र जसपासँग १ सांसद छन् ।

कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal