आज :

चलचित्र ‘काँडेतार’ को कथा उत्कृष्ट, सरकारले दियो १० लाख पुरस्कार

  • अनलाइन डबली

काठमाडौं । सरकारले चलचित्र ‘काँडेतार’ को कथा उत्कृष्ट घोषित गर्दै पुरस्कारस्वरुप आर्थिक सहयोग गरेको छ ।  चलचित्र विकाश बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस्‌ प्रालिद्वारा निर्मित काँडेतारको कथालाई उत्कृष्ट कथाको छनोट गरेको हो ।

काँडेतार सेन्सर गरिएको थियो तर चौतर्फी दवावपछि उक्त हुबहु प्रदर्शनको लागि अनुमति दिइएको थियो । नेपालको सीमा समस्यालाई लिएर बनाइएको चलचित्र अहिले च्यारिटी सो चलिरहेको छ । छिटै हलहरुमा लाग्ने निर्माता नवल खड्काले जानकारी दिएका छन् ।

निर्माता तथा नायक नवल खड्काले काँडेतारको कथा उत्कृष्ट घोषित गरिएपछि खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् । देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रबर्ध्दन भएको महशुस गरेको खड्काले बताएका छन् ।

निर्माता खड्काले बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, वर्तमान अध्यक्ष भुवन केशी, निवर्तमान तथा वर्तमान बोर्ड सदस्यहरु, र स्टोरी बैंकका छनोट समितिबाट प्राप्त भएको सकारात्मक भावप्रति कृतज्ञता जाहेर गरेका छन् ।

चलिचित्र विकास बोर्डको वार्षिकोत्सवको अबसरमा शनिबार संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार हस्तान्तरण गरेकी  थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal