आज :

विवादित व्यापारी सुहृदराज घिमिरेले यसरी कब्जा गरेका थिए ललिता निवासको १३ रोपनी जग्गा

  • अनलाइन डबली

काठमाडौँ । सरकारले विवादित ललिता निवास जग्गाको फाइल खोलेको छ । लामो समयदेखि अध्ययन गरिरहेको सिआईबीले संलग्नमध्येका मिनबहादुर गुरुङसहित आधा दर्जनबढीलाई पक्राउ गरेको छ । केहीले अदालतबाट स्टेअडर लिएर छुटेका छन् ।

प्रहरीले उक्त प्रकरणमा जोडिएकाहरुको नाममा पक्राउ पुर्जी जारी समेत गरेको बताइएको छ । बालुवाटारस्थित ललित निवास जग्गामा प्रत्यक्ष जोडिएका र डिजाइनरमध्येका एक व्यपारी घिमिरे बिन्दासले छाती खोलेर हिडिरहेका छन् ।

तर, तीनै घिमेरले १४ वर्ष अगाडि आफ्नो, सासुआमा र सहयात्री व्यापारी पुरुषोतम पौड्यालको नाममा प्रतिआना ५० हजारमा जग्गा किनेको प्रमाणले देखाएको छ । घिमिरेले सासुआमा इन्दु शर्माको नाममा खरिद गरेको १३ रोपनीको २ कित्ता जग्गा २०६३ साल मंसिर १३ गते खरिद गरेको देखिन्छ ।

त्यतिबेलाको कित्ता नम्बर ११ को १० आना २ दाम जग्गामध्ये ७ आना १ दाम र कित्ता नम्बर १३ को १० आना २ दाम जग्गामध्ये ७ आना २ पैसा गरी १४ आना २ पैसा १ दाम हुन्छ । १६ आनाको एक रोपनी हुने हिसाबले पुग नपुग झण्डै १ रोपनी जग्गा इन्दु शर्माले किनेकी देखिएको छ । शर्माले जग्गा किन्दा ७ लाख २८ हजार २ सय रुपैयाँ तिरेको देखाएकी छन् । १४ आना २ पैसा १ दाम जग्गाको मूल्य जम्मा ७ लाख २८ हजारको हिसाबले प्रतिआना जम्मा ५१ हजार मात्र तिरिएको देखिन्छ ।

शर्माले खरिद गरेकै समयमा पनि बालुटारको जग्गाको सरकारी मूल्यांकन प्रतिआना १० भन्दा बढी थियो । न्यूनतम मूल्य तिर्दा पनि इन्दुको खरिद गरेको जग्गाको मूल्य १ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुन्छ । तर, इन्दुले जम्मा ७ लाख २८ हजार २ सय रुपैयाँमा खरिद गरेको लिखदले देखाएको छ ।

त्यसैगरी घिमिरेले इन्दुकै नाममा २०६३ माघ २५ गते अर्को १३ आना ३ पैसा जग्गा खरिद गरेको प्रमाणले देखाएको छ । तत्कालीन समयको कित्ता नम्बर २, ३, १०१, ७३ र ७५ गरी ५ कित्ता जग्गाको कुल क्षेत्रफल १३ आना ३ पैसा जग्गा इन्दुको नाममा खरिद गरिएको छ ।

घिमिरेले २०६३ साल मंसिर १३ गते नै इन्दुको नाममा रहेको एक रोपनी ८ आना जग्गा आफ्ना व्यपारी साझेदार पुरुषोत्तम पौड्यालालई बिक्री गरेका छन् । तत्कालीन समयको कित्ता नम्बर ८ को २ रोपनी १४ आना २ पैसा ३ दाम जग्गामध्ये १ रोपनी ८ आना जग्गा गरेका हुन् । उक्त जग्गा प्रतिआना १ लाख २५ हजारका दरले ३० लाख रुपैयाँमा बिक्री गरेका थिए ।

इन्दुको नाममा ल्याउँदा प्रतिआना करिब ५१ हजार तिरिएको जग्गा पौड्यालले किन्दा प्रतिआना १ लाख २५ हजारमा बिक्री गरिएको छ ।
अहिले ललितानिवास परिसरमा इन्दुकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । चलनचल्तीको मुल्य हेर्ने हो भने यो जग्गाको मूल्य अहिले २६ करोडभन्दा बढी पर्छ । केही समय अघिसम्म ललितानिवास परिसरमा इन्दुकै नाममा कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको थियो । यी सबै कित्ता गरी इन्दुको नाममा ४२ आना जग्गा रहेको छ ।

घिमिरेले आफ्नी आमा, सासुआमा, श्रीमति, पार्टनर पौड्यालको नाममा १३ रोपनी जग्गा खरिद गरेका थिए । ५१ हजारमा किनिएको उक्त जग्गाको मूल्य अहिले १ अर्ब ३० करोड रुपैयाँ वरिपरी हुन आउछ ।

प्रहरीले यो प्रकरणलाई अगाडि बढाएको जानकारी भएपछि घिमिरेले उक्त जग्गा बिक्री गर्न पनि खोजेका थिए । तर, किन्न कोही नपाएको उनी निकट स्रोतले बतायो । उनी ललिता निवासको जग्गा कब्जा गर्ने योजनाकारमध्येका एक हुन् ।

उच्च स्रोतका अनुसार ललिता निवासको फाइल खोलेपछि प्रहरीको खोजी सूचीमा घिमिरे पनि रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरणमा आफ्ना विरुद्ध उजुरी परेपछि घिमिरेले आमा कमला र श्रीमति रेखा शर्माको नाममा जग्गाको कारोबार गर्दै आएका छन् । नेपालमा करछली गरेर कमाएको सम्पती विदेशी बैंक तथा कम्पनीमा लगानी गरेको खुसाला भइसकेको छ ।

कन्टिनेन्टल ट्रेडिङका मालिक घिमिरेले किया मोटर र इसुजु मोटरको आधिकारिक विक्रेता हुन् । त्यस्तै, ओटिस कम्पनीको इलेभेटर र स्कालेटरलगात दर्जनौं कम्पनीमा घिमिरेको लगानी रहेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उच्च राजनीतिक नेतृत्वसँग पहुँच बनाएका घिमिरे ठूला ठूला सेटिङ गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal