
काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले १८ करोड बढी भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो ।
खड्का डिभिजन सडक कार्यालयको प्रमुख हुँदा भ्रष्टाचार काण्डमा मुछिएका थिए । त्यसपछि सरकारले खड्कालाई निगमको नेतृत्वमा ल्यायो । उनले त्यहाँ पनि निगमको जग्गा अनियमितता गरेका थिए ।