आज :

सरकारले यी हुन् सात पालिकामा औद्योगिक ग्राम निर्माण गर्ने

  • अनलाइन डबली

काठमाडौँ । सरकार विभिन्न सात पालिकामा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्  बैठकले सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले कालिकोटका रास्कोट नगरपालिका ६, नरहरिनाथ गाउँपालिका २, बाँकेका राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाई नगरपालिका–५ मा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal