काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ मागेको हो ।
उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।
उक्त टिप्पणीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले निवेदन दिएकी थिइन् ।


अनलाइन डबली

