आज :

निगमको कर्मचारी संख्या र ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सम्बन्धमा संसदमा उठान भएको बिषय सम्बन्धमा ध्यानाकर्षण,वायुसेवा निगम ऐन अनुसार हवाई उडान र ग्राउण्ड ह्याण्डलिङ्ग कार्य गर्दै आइरहेको जानकारी

  • अनलाइन डबली

नेपाल वायुसेवा निगमले कर्मचारी संख्या र ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सम्बन्धमा सम्मानित संसदमा समेत विषय उठान भएको सम्बन्धमा निगमको ध्यानाकर्षण भएको जनाएको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ मा व्यवस्था भए अनुसार निगमले हवाई उडान र ग्राउण्ड ह्याण्डलिङ्ग कार्य गर्दै आइरहेको जानकारी दिएको छ । निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आइरहेको निगमको भनाइ छ ।
निगमले आज एक बिज्ञप्ति जारि गर्दै भनेको छ , ‘ निगममा स्थायी ८४०, करार र ज्यालादारीमा ५०१ गरी हाल जम्मा १,३४१ जना कर्मचारी कार्यरत रहेका छन् । कार्य प्रकृति अनुसार तीन सिफ्टमा काम गर्ने गरी कर्मचारीहरुको बाँडफाँड गरिएको छ ।
विगतमा विश्वव्यापी कोरोना महामारीको कारण व्यवसायमा आएको मन्दीले अन्य व्यवसायिक संस्थाहरुमा कर्मचारी कटौती भए सँगै निगमले पनि करार र मासिक ज्यालादारीका कर्मचारीहरुलाई पछि आवश्यक परे लिन सकिने गरि कटौती गरेको थियो । हाल महामारीमा केही कमी आई व्यवसायमा क्रमश सुधार भइरहेको अवस्थामा नियमित कार्य गर्न न्यूनतम आवश्यक पर्ने कर्मचारी व्यवस्थापन भएको छ । कुन कार्यको लागि कति कर्मचारी खटाइएका छन् भन्ने कुरा यहां प्रष्ट पारीसकिएकोले तथ्य र वस्तुगत आधारमा सत्य तथ्य बुझ्न एवं अनावश्यक भ्रममा नपर्न निगम सम्बन्धित सबैमा अपिल गर्दछ । ’

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal