आज :

काठमाडौं महानगर भित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न नपाइने

  • अनलाइन डबली

 

काठमाडौं। काठमाडौं महानगर भित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न नपाइने भएको छ।

महानगरका मेयर बालेन साहले आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा सवारी पार्किङ संचालन गर्न काठमाडौं महानगरले अनुमति नदिइने बताएका छन् ।

महानगर आफैंले पार्किङ शुल्क समेत असुल गर्ने र पार्किङ शुल्क तोक्न सक्ने अधिकार रहेको बताउदै मेयर साहले उपदफा १ मा जे भएपनि यो ऐन जारी भएपछि काठमाडौं महानगरले आफ्नो अधिकार क्षेत्रभित्र निश्चित अवधि तोकिएको समयमा पार्किङ सुविधा उपलब्ध गराए वापत लाग्ने शुल्क अनुसूची ११ अनुसार निर्धारण गरिने उनले बताए।

काठमाडौँ महानगर भित्र निजि कम्पनिहरुले महानगर संग सम्झौता गरि गाडीहरु सार्वजनिक सडकमा स्मार्ट पार्किङ्गको नाममा स – शुल्क पार्किङ्ग गर्ने गरिएको छ। अत्यधिक बढ्दै गरेको सवारी चापको बाबजुत संचालनमा रहेका स- शल्क पार्किङ्ग काकरण सडकहरुमा दैनिक जसो भिडभाड हुने र जाम हुने गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal