Skip
आज :

आजबाट मन्त्रीहरुले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने 

  • अनलाइन डबली

काठमाडौँ । सरकारले पेश गरेको आगामी आर्थिक वर्षाको बजेटमाथिको छलफल जारी छ । आजबाट मन्त्रीहरुले सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक ११ः०० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा मन्त्रीहरुको प्रश्नभन्दा अगाडि विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

बजेट छलफलको क्रममा सांसद्हरुले समावेसी वितरण नभएको आरोप लगाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टि जनाएपछि बजेटका केही बुँदा संशोधन गरेर पारित गर्ने तयारीमा सरकार जुटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal