आज :

पुटिनको आदेशपछि रुसी सेना वाग्नर समूहविरुद्ध कारवाहीमा, मुख्यालय कब्जा 

  • अनलाइन डबली

काठमाडौं । रुसी सेनाले भाडाको सेना वाग्नर समूहका कमाण्डरविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलेको आदेशमा राजधानी मस्कोसहितका सहरहरुमा प्रतिआतङ्कवाद कानुन लागू भएको छ ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विश्वासघात र देशद्रोह गरेको भन्दै पुटिनले आफ्नाे सेनालाई कडा रुपमा प्रस्तु हुन आदेश दिएका छन् । वाग्नर समूह पश्चिमा देशहरुसँग मिलेर देशद्रोह गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

यसैबीच रुसी सेनाले वाग्नर समूहको मुख्यालयमा छापा हानेको छ । भाडाका सेना भर्ती गर्ने कम्पनीका सबै कागजातहरु रुसी सेनाले नियन्त्रणमा लिएको छ ।

रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोहमा सहभागी सैनिकहरु आआफ्नो क्षेत्रमा फर्के सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ। रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं। तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो, स्थायी तैनथीका ठाउँहर’ मा फर्कन मद्दत माग्न पनि आह्वान गर्दछौं ।’

साथै कारण देखाउन र रूसको रक्षा मन्त्रालय वा कानून प्रवर्तनका प्रतिनिधिहरूसँग सम्पर्कमा रहन आग्रह गर्दै सबैको लागि सुरक्षाको ग्यारेन्टी गर्ने विज्ञप्तिमा भनिएको छ।

वाग्नर समूहले रुसका केही क्षेत्र नियन्त्रणमा लिएको कुरा रुसी अधिकारीहरुले अस्वीकार गरेका छन् ।

वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफूले विद्रोह नगरेको न्यायको लागि लडेको बताउँदै रुसी रक्षामन्त्री सर्गेई शोइगुइरको राजिनामा मागेका छन् ।

युक्रेनविरुद्ध लडिरहेका भाडाका सैनिकको एक दस्तासहित प्रिगोजिनले रुसविरुद्ध उत्रिएको घोषणा गरेका थिए ।

के हो वाग्नर समूह र कसले बनायो ?

यति बेला यो समूहको नेतृत्व येभ्गेनी प्रिगोजिनले गरिरहेका छन् । द जेम्सटाइन फाउन्डेसन थिंक ट्यांकका वरिष्ठ फेलो डा. सर्गेई सुखान्किनकाअनुसार वाग्नर समूह दिमित्री उत्किन नामका एक व्यक्तिले खडा गरेका थिए । उनी सन् २०१३ सम्म रुसी विशेष सैन्य दस्तामा थिए ।

सुखान्किन भन्छन्, ‘वाग्नर समूहमा उनले ३५ देखि ५० वर्ष उमेर समूहका मानिसलाई भर्ती लिए, जसमाथि परिवारिक समस्या तथा ऋणको बोझ थियो । यसमा भर्ती भएका अधिकांश साना सहरका व्यक्तिहरु थिए जहाँ रोजगारीको अवसर कम थियो । यिनीहरुमध्ये कोही चेचन्या संघर्ष त कोही रुस–जर्जिया युद्धमा सहभागी थिए । उनीहरुमा युद्धको अनुभव थियो ।’

रुसी सैन्य गुप्तचर विभाग नजिक एक स्थानमा करिब तीन महिनासम्म उनीहरुलाई तालिम दिइएको सुखान्किन बताउँछन् । त्यसैले यो समूहको सम्बन्ध रुसी सेनासँग रहेको उनको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal